+
Search

ताजा अपडेट +

पपुलर +

‘फूल भन्दा’मा विकेशसँग रोमान्टिक बनिन् प्रियंका

4KNationalDaily
२०७७ फाल्गुन ४, मंगलवार ०९:१० बजे

काठमाडौँ- अभिनेत्री प्रियंका कार्की लामो समयपछि म्युजिक भिडियोमा देखिएकी छन् ।

उनको अभिनय रहेको म्युजिक भिडियो ‘फूल भन्दा‘ शुक्रबार सार्वजनिक भएको छ ।

गायिका एलिना चौहान तथा गायक ओम सुनारको स्वर रहेको गीतको भिडियोमा अभिनेत्री कार्कीलाई मोडल विकेश शाहीले अभिनयमा दिएका छन् । भिडियोमा दुवैको जोडी आकर्षक देखिएको छ ।

ओम सुनारको शब्द, संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोमा सुशान्त बसेलको सम्पादन र कृष्ण पाण्डेको छायाँकन रहेको छ । कविराज गहतराजको निर्देशन रहेको यसै भिडियो मार्फत मोडल शाहीले अभिनयमा डेब्यू गरेका हुन् ।

सानै उमेरदेखि अभिनय, नृत्य तथा मोडलिङमा रुचि राख्ने शाहीको भविष्यमा सफल मोडल तथा अभिनेता बन्ने लक्ष्य रहेको छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily