+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखाकाे बाह्रकिलोमा यात्रु वाहक बस दुर्घटना : ७ जना घाईते

4KNationalDaily
२०७७ फाल्गुन ९, आईतवार २०:४२ बजे

गोरखा-  गोरखा-आँबुखैरेनी सडकखण्डमा रोकी राखेको यात्रुबहाक बस एक्कासी गुडेर दुर्घटनामा परेको छ ।

बाह्रकिलो बजारमा आइतबार दिउसो भएको यात्रुबाहक बस दुर्घटनामा परी ७ जना घाईते भएका छन् । घाईते मध्ये ६ जना उपचार पछि घर फर्किएका छन् भने १ जना बालकको थप उपचारका लागि भरतपुर लगिएको छ ।

गोरखा नगरपालिका-११ को बाह्रकिलो बजारमा चालकको लापरर्वाहीका कारण भएको दुर्घटनामा परी नगरपालिका २ का ६ बर्षिय बालक आर्मन खानलाई गोरखा अस्पतालमा सामान्य उपचारपछि थप उपचारकोलागि चितवन मेडिकल कलेज लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएकाे छ ।

बालकको दायाँ हात भाचिएको गोरखा अस्पतालले जनाएको छ ।

गोरखा बजारबाट नारायणगढ तर्फ जादै गरेको ना १ ख ४१०४ नम्बरको बस रोकेर चालक बाहिर निस्किएको बेला एक्कासी बस गुडेको थियो । बस सडकसंगै रहेको जंगलमा खसेको थियो । बस गुडेपछि केही यात्रु हाम फालेको र बसको अग्रभागले मोटर साईकललाई ठक्कर दिएको थियो ।

https://www.facebook.com/honest.ramesh/videos/3544630128967963/?app=fbl

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily