+
Search

ताजा अपडेट +

पपुलर +

गगन थापाको प्रश्‍न : ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?

4KNationalDaily
२०७७ फाल्गुन १०, सोमबार ०७:१० बजे

नवलपरासी- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई धम्क्याएको भन्दै टोले गुण्डाको संज्ञा दिएका छन् ।

हुप्सेकोट गाउँपालिका नवलपरासी कांग्रेसले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो टिप्पणी गरेका हुन् । थापाले शनिबार नेकपा ओली समूहले विराटनगरमा गरेको सभामार्फत प्रधानमन्त्री ओलीले न्यायलयलाई धम्क्याएको बताए ।

‘प्रधानमन्त्रीले हिजो विराटनगरबाट अदालतलाई सडकबाट धम्क्याउने काम गर्नु भयो । केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?’ थापाले भने, ‘सरकार चलाउन छोडेर सडकमा मान्छे बटुल्दै हिँड्ने प्रधानमन्त्री संसारमा कतै छैनन् ।’ उनले प्रतिनिधि सभा विघटनको मुद्दामा न्यायलयले विवेक पुर्‍याउनेमा विश्‍वास रहेको पनि बताए ।

‘श्रीमान् तपाईंहरु प्रधानमन्त्रीले चालेको कदम संवैधानिक छ छैन भनेर परीक्षण गरिरहनु भएको तर आम जनताले न्यायाधीशहरुको विवेक र साहसको परीक्षण गरिरहेका छ्न् ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily