+
Search

ताजा अपडेट +

पपुलर +

संसद् पुनर्स्थापनापछि प्रचण्डले भने : नेपाली जनताको विजय भयो

4KNationalDaily
२०७७ फाल्गुन ११, मंगलवार १९:३१ बजे

काठमाडौं- प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा पुनर्स्थापनाको गर्ने सर्वोच्च अदालतको फैसला स्वागत गरेका छन्।

मंगलबार साँझ सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेपछि अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसला नेपाली जनताको पक्षमा भएको र जनताको जित भएको बताए।

‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, उनले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाईं छ।’ सवोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन परमादेश समेत जारी गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily