+
Search

ताजा अपडेट +

पपुलर +

वामदेवको विज्ञप्ति : ओली तुरुन्त राजीनामा गर्नुस्, दुवै अध्यक्ष मिलेर सचिवालय बैठक बोलाउनुस्

4KNationalDaily
२०७७ फाल्गुन १२, बुधबार ०९:४९ बजे

काठमाडौं- विभाजित नेकपा एकता अभियानका संयोजक तथा पार्टी उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

गौतमले बुधवार प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीले ढिला नगरी राजीनामा दिनुपर्ने र राष्ट्रपतिले प्रेस विज्ञप्तिमार्फत अदालतको निर्णयको स्वागत गर्दै प्रतिनिधिसभा वैठक आह्वान गर्नुपर्ने बताएका हुन् ।

गौतमले नेकपा विभाजनलाई अश्वीकार गर्दै दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाउन अनुरोध समेत गरेका छन् ।

हाल धुम्बाराहीमा ओली पक्षको कार्यालय छ । गौतमले सर्वोच्चको फैसलालाई ऐतिहासिक भनेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily