+
Search

ताजा अपडेट +

पपुलर +

बालुवाटारमा नेकपा ओली पक्षको स्थायी कमिटी बैठक, सरकारको आगामी कदमबारे छलफल हुने

4KNationalDaily
२०७७ फाल्गुन १३, बिहीबार ०८:२० बजे

काठमाडौं– ओली पक्षको स्थायी कमिटी बैठक बिहीबार बिहान ८ः३० बजे, बालुवाटारमा बस्ने भएको छ।

बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधि सभा विघटनसम्बन्धी सरकारी निर्णय बदर भएपछिको कदमबारे छलफल हुने बताइएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने र संसदमा अविश्वासको प्रस्ताव सामना गर्नेलगायत विषयमा छलफल हुने बताइएकाे छ। विश्वासको मत प्राप्त गर्न अन्य दलसँग छलफल गरी अगाडि बढ्ने तयारीसमेत ओली पक्षले गरेको एक नेताले बताए।

यस्तै, बैठमकमा अदालतको आदेशअनुसार तोकिएकै समयमा प्रतिनिधि सभाको अधिवेशन बोलाउने विषयमा पनि छलफल हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily