गोरखा- असल छिमेकी नेपाल, पोखराले पोखरेली खीष्टिय समुदाय पोखरा, सिरानचोक गाउँपालिका गोरखा तथा विभिन्न दातृ निकायको समन्वय तथा आर्थिक सहयोगमा सिरानचोक गाउँपालिका-१, भिरसिङ्गमा सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण सम्पन्न गरी स्थानीय निकाय तथा लाभग्राही समुदायलाई हस्तान्तरण गरेको छ ।
फागुन ७ गते आयोजित हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक गुरुङ, गाउँपालिका अध्यक्ष राजु गुरुङ्ग, उपाध्यक्ष रिता देवकोटा, सदस्य मनिता गुरुङ, स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठ, वडा अध्यक्ष शुकमान गुरुङ, पोखरेली खीष्टिय समुदायका अध्यक्ष हरिराम घिमिरे, असल छिमेकी नेपालका अध्यक्ष भरत बहादुर गुरुङ, असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र कुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा असल छिमेकी नेपाल पोखराको बारेमा जानकारी गराउँदै संस्थाका कार्यकारी निर्देशक रोजेन्द्र कुमार अधिकारीले सिरानचोक गाउँपालिकामा मात्र स्वास्थ्य, शिक्षा तथा वडा कार्यालयको गरी नौ वटा भवन निर्माण गरिसकेको बताउँदै संस्था र गाउँपालिकाको नजिकको सम्बन्ध रहेको कारण अहिलेसम्म राम्रो सहकार्य तथा समन्वय हुन सकेको बताए । उनले भिरसिङ्ग सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण लागत प्रशासनिक खर्च सहित ३६ लाख २६ हजार ७८२ भएको जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथिको स्वास्थ्य परीक्षण गरी सेवा शुभारभ्भ गरिएको थियो । गाउँपालिकाका अध्यक्ष गुरुङले असलछिमेकी नेपाल तथा पोखरेली ख्रीष्टिय समुदायलाई भवन निर्माणको लागि विशेष धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा वडा न. १ को शिक्षा क्षेत्रको विकासको लागि सहकार्यको लागि अनुरोध गर्दै संस्थाको कामलाई मुक्तकण्ठले प्रशंसा गरे ।
यसरी नै गुरुङले निर्माण कार्यमा सहयोग गर्ने संस्थाएवं यससँग आवद्ध सबैप्रतिधन्यवादव्यक्तगर्दै भवन हस्तान्तरण भइसकेकाले यसको संरक्षण र उपयोग गर्ने जिम्मेवारी स्थानीयजनताको भएको कुरामा जोड दिए ।
परियोजना प्रमुख तथा प्राविधक संयोजक सुमन बयलकोटीले सो भवन तोकिएको डिजाइन तथा स्पेसिफिकेसन तथा थप भएको कार्य बाहेक सम्झौता रकममा नै समय अगावै सम्पन्न गरिएको बताउँदै विगतको निर्माण कार्यमा भएको सिकाइलाई कार्यान्वयनमा ल्याएको जानकारी गराए । भवनको निर्माण कार्य सदाबहार मल्ट्रिकन्स्ट्रक्सन प्रा.लि. काठमाडौंले गरेको हो ।
प्रतिक्रिया