+
Search

ताजा अपडेट +

पपुलर +

तयारी नपुगेको भन्दै ओली पक्षले गण्डकी प्रदेशमा गर्न लागेकाे सभा स्थगित

4KNationalDaily
२०७७ फाल्गुन १५, शनिबार ०९:१० बजे

काठमाडाैं– नेकपा ओली पक्षको गण्डकी प्रदेश कमिटीले आज गर्न लागेको सभा स्थगित भएको छ।

पोखराको अमरसिंह चाैरमा आयोजना हुन लागेकाे उक्त सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका थियो।

तर तयारी नपुगेको भन्दै आजको सभालाई रोकेर पर्सी सारिएको बताइएको छ। पर्सीको सभामा भने प्रधानमन्त्री ओली जाने र प्रदेशस्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्ने छन्।

ओली पक्षले हरेक शनिबार सभा गर्दै आएको थियो। यसअघि बुटवल, धनगढी र विराटनगर भएको सभामा उनी उपस्थित भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily