+
Search

ताजा अपडेट +

पपुलर +

समिट नेपालद्वारा `सहिद माधव अधिकारी स्मृति पुरस्कार´ बितरण

4KNationalDaily
२०७७ फाल्गुन १६, आईतवार २०:३६ बजे

गाेरखा- शहीद माधब अधिकारीको सम्झनामा स्थापित ‘सहिद माधव प्रसाद अधिकारी जेहेन्दार छात्रवृत्ति’ प्रदान गरेकाे छ। स्वर्गीय सुशिला अधिकारीको स्मृतिमा गठित `समिट नेपाल´ले छात्रवृत्ति बितरण गरेको हो।

अजिरकाेट गाउँपालिका-२, हंसपुर काफलडांडाका अधिकारीलाई तत्कालीन शाही नेपाली सेनाले शंकाको भरमा गिरफ्तार गरि बेपत्ता बनाएको दिन फाल्गुन १५ को सम्झना गरेर यो कार्यक्रम गरिएको हो।

सहिद अधिकारी पढेको स्कुल ज्ञान ज्योति माद्यामिक विद्यालय लब्सिबोटमा कक्षा पाँचमा अध्ययनरत रोशिका अधिकारी र कक्षा आठमा अध्ययनरत कुशल गुरुङलाई ३ हजार ५ सयको दरले सम्मान गरिएको हो।

सुशिला अधिकारी स्मृति प्रतिस्ठान (समिट नेपाल) अन्तर्गत रहेको यस छात्रवृत्तिमार्फत हरेक बर्ष कक्षा पाँच र आठमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिने समिट नेपालका संस्थापक अध्यक्ष कुस्माखर अधिकारीले बताए।

छात्रवृत्ति बितरणको अलवा सत्तरी विद्यार्थीलाई ट्राकसुट लगायतका कपडा बितरण गरिएको थियो । मामा डोलप्रसाद अधिकारीको सम्झनामा भान्जा रामेश्वर भट्टराईले `इसिडी´मा अध्ययनरत बालबालिकालाई ट्राकसुट बितरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै समिट नेपालका अध्यक्ष अधिकारीले आफू जन्मे-पढेको स्कुलमा हरेक बर्ष सकेको सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे।

समिट नेपाल शिक्षा र स्वास्थमा काम गर्ने हेतुले २ बर्ष अघि स्थापना भएको गैरनाफामुलक संस्था हो।

यसअघि भच्चेक स्वास्थ चौकीमा डिजिटल एक्स रे मेसिन जडान गरेको समिट नेपालले हंसपुर स्थित जीवन ज्योति स्कुलमा पनि छात्रवृत्ति बितरण गर्दै आइरहेको छ।

सहिद अधिकारीको सम्झनामा ज्ञान ज्योति स्कुलका शिक्षकहरुले परिवर्तन-न्याय-समानताको पक्षमा जिन्दगीभर लागेर अहिलेको बर्तमान समाज निर्माण गर्न भुमिका खेलेकोमा सहिद अधिकारीलाई सधैंभरी स्कुल अनि समाजले सम्झिरहने बिचार व्यक्त गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily