+
Search

ताजा अपडेट +

पपुलर +

एनसेलको ‘सहयात्री सिम’: वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना

4KNationalDaily
२०७७ फाल्गुन १७, सोमबार ०७:१६ बजे

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ।

स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा यो सिमको केही मुख्य विशेषता रहेको एनसेलले जनाएको छ।

यो सिम योजना शुक्रबारबाट संचालनमा आएको छ। एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत यो योजना ल्याएको हो।

सहयात्री सिमको उद्देश्य वैदेशिक रोजगारीमा जाने सोच बनाएकाहरुलाई उनीहरुको रोजगारी यात्रामा सम्पूर्ण रुपमा सहयोग पुर्‍याउनु रहेको कम्पनीले जनाएको छ।

सिममा समेटिएका सबै अफर तथा सुविधाहरु विदेश जाने सोच बनाएका व्यक्तिहरुको यात्रालाई सहज बनाउने र विदेशमा रहेका परिवारका सदस्यसँग सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने किसिमका रहेका कम्पनीको भनाइ छ।

यो सिम ग्राहकले करसहित ९९ रूपैयाँमा लिन सक्छन् र सिमसँगै २० रूपैयाँ मेन ब्यालेन्स, सात दिनको लागि मान्य हुने २०० एमबी डेटा, २० मिनेट अन नेट टक लाइम र २० वटा अन नेट एसएमएस पाइन्छ।

सिममा पहिलो रिचार्जमा बोनस, एक वर्षसम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस, नेपाल कल गर्न वा आफू रहेको देशभित्रै कल गर्न १५ मिनेट रोमिङ् सेवा जस्ता विशेष सुविधा रहेका छन्।

यसरी प्राप्त हुने १५ मिनेटको रोमिङ् सेवा ग्राहकले भारत, कतार, युएई, मलेशिया, कुवेत, ओमान र दक्षिण कोरियामा प्रयोग गर्न सक्छन्।

यो योजनाअन्तर्गत ग्राहकले निःशुल्क रुपमा ‘कल आयो पैसा पायो’ अफरमा सहभागी हुन सक्छन्। यसमा मेन ब्यालेन्स कम रहेको अवस्थामा पनि मिस्ड कल दिन सकिने सुविधा रहेको छ। साथै कुनै पनि भारतीय नम्बरमा लोकल कलको दर कर बाहेक १.९९ रूपैयाँ प्रति मिनेटमा कल गर्न सकिने सुविधा रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily