+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा नाम विवादकाे फैसला आज हुँदै

4KNationalDaily
२०७७ फाल्गुन २३, आईतवार ०८:४० बजे

काठमाडाैं– नेकपा नाम विवादमा आइतवार सर्वाेच्च अदालतले फैसला सुनाउँदै छ। न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीकाे इजलाशले दुवै पक्षकाे वहस समाप्त गरी निसुमा राखेकाे थियाे।

आफूले दर्ता गरेकाे नेकपा निर्वाचन आयाेगलेअरुलाई दिएकाले बदर हुनुपर्ने माग गर्दै ऋषि कट्टेलले सर्वाेच्चमा मुद्दा दायर गरेका थिए। कट्टेलकाे मुद्दामा नेकपा विवाद चरम भइरहेकाे समयमा फैसला आउन लागेकाे हाे।

आजवाट प्रतिनिधि सभाकाे हिउँदे अधिवेशन पनि सुरु हुँदै छ । निर्वाचन आयाेगले नेकपाकाे आधिकारीकता टुङ्गोमा पुर्‍याउन सकेकाे छैन। याे अवस्थामा हुन लागेकाे फैसलाई चासाेका साथ हेरिएकाे छ।

सर्वोच्चले अब नेकपा नाम कसको हुने भन्ने फैसला गर्ने छ। यदि सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुनेछ।

सर्वोच्चले नेकपा नाम सत्तारूढ दलको पक्षमा हुनुपर्ने भनी गरेको निर्णयसमेत लिखित रुपमा सर्वोच्चमा पेश गर्न भनेको छ। एकीकृत पार्टीलाई पनि किन नेकपा नै राखिएको भनी सर्वोच्चले जवाफ माग गरेको थियो।

कट्टेलले निर्वाचन आयोगले आफूमाथि अन्याय गरेको भन्दै २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाल कम्युनिस्ट पार्टीको नाम जुधेको भन्दै उनले आयोगमा उजुरी दिएका थिए।

आयोगले साेही वर्षको कात्तिक ९ गते सत्तारूढ नेकपाको पक्षमा फैसला सुनाएको थियो। आयोगका सदस्यहरूको इजलासले गरेको उक्त फैसलालाई चुनौती दिँदै कट्टेल सर्वोच्च पुगेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily