+
Search

ताजा अपडेट +

पपुलर +

माधव-प्रचण्ड पक्षको स्थायी कमिटि बैठकअघि माधव समूहकाे गाेप्य छलफल

4KNationalDaily
२०७७ फाल्गुन २४, सोमबार १६:०२ बजे

फाइल तस्बिर


काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।

नेकपाको प्रचण्ड–माधव समूहले बोलाएको स्थायी कमिटी बैठक अगाडि माधव नेपाल निकट नेताहरु छलफलमा जुटेका हुन् ।

एक होटलमा जारी छलफलमा अब कसरी अगाडि बढ्ने भन्नेबारे पनि कुराकानी हुने नेपालनिकट एक नेताले बताए ।

पूर्वएमालेभित्र माधवकुमार नेपाल अल्पमतमा छन् । त्यसैले यो फैसलाले सबैभन्दा बढी समस्यामा उनी र उनलाई साथ दिँदै आएका नेताहरु परेका छन् । नेता नेपालले आफूहरु कानुनी परामर्शमा रहेको र फैसला पुनरावलोकनमा जाने बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily