+
Search

ताजा अपडेट +

पपुलर +

झलनाथ खनालले भनेः एमाले ओली सरकार जोगाउन लाग्छ

4KNationalDaily
२०७७ फाल्गुन २६, बुधबार १५:१४ बजे

काठमाडौं- सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब यही सरकारलाई दुई वर्ष टिकाउनुपर्ने बताएका छन् । उनले अब आफ्नो पार्टी एमाले सरकार जोगाउने प्रयासमा लाग्ने प्रतिक्रिया दिए ।

बुधबार संसद बैठक सकिएपछि बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

खनालले भने, ‘हामी अब एमाले भयौं । संसदमा विभिन्न राजनीतिक खेलहरु हुनेछन् । म एमालेको वरिष्ठ नेताको हैसियतले भन्नुपर्दा अब हाम्रो पार्टी सरकार जोगाउनेतिर लाग्छ ।’

यो सरकारले दुई वर्षको कार्यकाल राम्रोसँग पूरा गर्नुपर्ने उनको भनाइ थियो । खनालले वामपन्थि एकताका लागि अझै पनि प्रयास गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily