+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम भट्टराई भन्छन् : देशमा संकट अझै टरेको छैन

4KNationalDaily
२०७७ फाल्गुन २६, बुधबार १६:१९ बजे

गोरखा- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संबिधानले जितेको र देशले न्याय पाएको बताएका छन्।

देशमा संकट भने अझै टरी नसकेको उनले बताए ।

जिल्लाको शहिदलखन गाँउपालिका घैरुङकाे हिमालय माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले यस्तो बताएका हुन् ।

‘बलिदान गरेर बनाएको संबिधानलाई लत्याएर प्रतिगामी कदम चालियो’ उनले भने ‘तर आज संबिधानले जितेको छ, देशले न्याय पाएको छ।’

प्रतिगामी तत्वलाई परास्त गर्न सबै दल एकै ठाउँमा उभिनुको बिकल्प नरहेको बताउँदै भष्मासुरलाई लामाे समय कार्यकारी पदमा राख्न नहुने बताए ।

भारत सरकारको सहयोगमा बनाईएको १८ कोठे भवन भट्टराईले उद्घाटन गरेका छन् । भवन निर्माणका लागि कुल लागत ४ करोड ८२ लाख रुपैयाँ रहेपनि भारत सरकारबाट ४ करोड ३३ लाख रुपैयाँ प्राप्त भएको र बाँकी रकम जिल्ला समन्वय समितिले उपलब्ध गराएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily