+
Search

ताजा अपडेट +

पपुलर +

लिभरपुल क्वाटरफाइनलमा प्रवेश, लाइपजिग आउट

4KNationalDaily
२०७७ फाल्गुन २७, बिहीबार ०७:२४ बजे

काठमाडौं– इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। जर्मन क्लब लाइपजिगलाई अन्तिम १६ मा लिभरपुलले समग्रमा ४–० ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो।

बुधबार राति भएको दोस्रो लेगमा लिभरपुलले लाइपजिगलाई २–० ले हराउन सफल भयो। यसअघि पनि लिभरपुलले पहिलो लेगमा २–० ले नै लाइपजिगलाई हराएको थियो।

लिभरपुलका मोहम्मद सलाह र साडियो मानेले गोल गरे। यसअघि भएको पहिलो लेगमा पनि सलाह र मानेले नै गोल गरेका थिए।

खेलको पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा दुबै गोल गरेको हो।

खेलको ७० औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए। ७४ औं मिनेटमा मानेले अर्को गोल थपेपछि लिरभपुल लाइपजिगविरुद्ध २–० ले विजयी भयो।

इंग्लिस प्रिमियर लिगमा निकै खराब प्रदर्शन गरिरहेको लिभरपुलले च्याम्पियन्स लिगमा भने उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलसम्मको यात्रा तय गरेको छ।

लिभरपुलसँगै अन्तिम आठमा पुग्ने टिमहरुमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी), पोर्चुगलका पोर्टो, जर्मन क्लब बोरुसिया डर्टमन्ड रहेका छन्।

जारी लिगमा अन्तिम १६ बाट बाहिरिने टिमहरुमा स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब लाइपजिगसँगै इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब सेभिया छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily