काठमाडौं– मनमोहन मेमोरियल मेडिकल कलेज र शिक्षण अस्पताल सञ्चालन गरिरहेको नेपाल स्वास्थ्य सेवा सहकारीको आगामी टिमको लागि हुन लागेको निर्वाचन हालका अध्यक्ष राजेन्द्र पाण्डेका कारण पटक-पटक सारिएको छ ।
विगत १४ वर्षदेखि एकछत्र नेतृत्व गर्दै आएका पाण्डेलाई यस पटक अध्यक्षमा धादिङका गणेश सिम्खडाले चुनौती दिएपछि पराजित हुने अवस्था देखेपछि विभिन्न बहानामा निर्वाचन सार्दै आएका हुन् ।
यस अघि माघ १७ मा सञ्चालक समितिको निर्वाचनमा हुने भनिए पनि अध्यक्षका आकांक्षी समेत रहेका वर्तवान अध्यक्ष राजेन्द्र पाण्डेको दवाबमा निर्वाचनको मिति सारिएको थियो । १५ फागुनको लागि तोकिएको निर्वाचन पुनः चैत २१ गतेको लागि सारिएको छ ।
पाण्डे १४ वर्षदेखि निरन्तर उक्त सस्थाको अध्यक्ष रहदै आएका छन् । आफुले निर्वाचन हार्ने भएपछि पाण्डेले निर्वाचनको मिति सरेको उनि माथि आरोप लागेको छ। पाण्डेको १४ वर्षे कार्यकालमा उक्त सस्थामा लगानीकर्ताले एक रुपयाँ प्रतिफल पाउन सकेका छैनन्।
पाण्डेले निर्वाचन प्रभावित पार्न सकिन्छ कि भनेर उच्च अदालत पाटनमा समेत रिट हाले । तर अदालतले अन्तरिम आदेश दिन नमानेपछि उनी अब निर्वाचन गर्नै पर्ने बाध्यतामा परेका छन् ।
अब चैत २१ गते निर्वाचनमा हुनेमा भने शेयर सदस्यहरु ढुक्क देखिन्छन।
पाण्डेले उक्त सहकारीको लामो समय नेतृत्व गर्दा सस्था भित्र व्यापक अनियमितता गरेको चर्चा चल्ने गरेको छ । तत्काल निर्वाचन भए आफ्नो पोल खोल्ने डरले पाण्डे अनेकन बहानामा निर्वाचन सार्न खोजेको श्रोतले गण्डकी टाइम्सलाई भन्यो । पाण्डेमाथी सहकारीको सम्पत्ति दुरुपयोग गरेको आरोप समेत लाग्दै आएको छ ।
विगतमा पाण्डेकै निकट सहयोगी मानिएकाहरूले नै उनको विरूद्धमा उम्मेद्वारी दिएका छन् । पाण्डेले सचिवमा समेत विगतमा आफ्नै स्वकीय रहेका राजेन्द्र बराललाई अघि सारेपछि अर्को उम्मेदावारी परेको छ ।
विगतमा पाण्डेको दाहिने हात भनेर परिचत भएका डा. रामकुमार अधिकारी समेत अहिले उनकोविरुद्धमा लागेका छन् । उनी पनि अध्यक्षको आकांक्षी थिए तर पछि उम्मेदवार धेरै हुनेभएपछि उपाध्यक्षमा सर्वसम्म भएका छन् । उनी यसअघि सचिव रहेका थिए । पाण्डे र अधिकारी दुबै बागमती प्रदेशको प्रदेशसभा सदस्य हुन् ।
पूर्वएमाले, पूर्वमाओवादी र नेपाली कांग्रेस निकटका सेयर सदस्यहरू पाण्डेको विकल्पमा खुलेर लागेका छन् । पाण्डेलाइ चुनौति दिन गणेश सिंखडा, सुवर्ण मल्ल र रामकुमार गिरी उभिएका छन् । तीन जना मध्य पाण्डेलाई चुनौती दिन सक्ने उम्मेद्बार भनेको सिम्खडा हुन् । अध्यक्षमा पाण्डेलाइ चुनौति दिन सिम्खडाले ८ बुदे घोषणा यस अघिनै सर्वजनिक गरेका छन् ।
प्रतिक्रिया