+
Search

ताजा अपडेट +

पपुलर +

माधवजीहरुले छिट्टै एमाले क्याप्चर गरेर ओलीलाई हटाउनुहुन्छ, नत्र हामीसँग आउनुहुन्छ : प्रचण्ड

4KNationalDaily
२०७७ फाल्गुन २८, शुक्रबार १८:३४ बजे

बुटवल- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको फैसालापछि ब्यूँतिएको एमाले एकीकृत रहन नसक्ने भविष्यवाणी गरेका छन् । एमालेतिर गएको माधव नेपाल समूहले अन्ततः विद्रोह गरेर आफूहरुतिर आउने उनको दावी छ ।

बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बोल्दै प्रचण्डले माधव समूहलाई पिन्च हुने खालका कुनै काम नगर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘माधवजीहरुको समूहलाई तानेर हामीतिर घुसाइहाल्छु भन्नेतिर नलाग्नु होला, आवश्यक छैन । माधवजीहरुले त्यहाँ संघर्ष गर्ने, सहकार्य गरिराख्ने, फेरि एकताको प्रस्ताव राख्ने र एकतातिरै जानुपर्छ भन्ने हो ।’

प्रचण्डले पुस ५ गतेदेखि माधव समूहसँग आफूहरुको वैचारिक, राजनीतिक र भावनात्मक सम्वन्ध धेरै माथि पु्गेको बताए । यसलाई फेरि एकतातिरै लैजानुपर्छ भन्ने माधव समूहको रणनीति रहेको उनको बुझाइ छ ।

प्रचण्डले भने, ‘कहीँ पनि पूर्वएमालेसँग सम्वन्धित जिम्मेवार कामरेडहरु फर्केर एमालेमा जान्नौं भन्नुभयो भने एकचोटि हेडक्वाटरसँग सम्पर्क गर्नुहोला, आफैं नटुंग्याउनुहोला । कुनै पनि जिल्लाका हाम्रा गतिविधिले केन्द्रमा माधवजीलाई पिन्च नहोस । त्यसको ठूलो अर्थ छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily