+
Search

ताजा अपडेट +

पपुलर +

रेशम चौधरी रिहाइको शर्तमा ओलीलाई समर्थन गर्न सकिन्न : बाबुराम भट्टराई

4KNationalDaily
२०७७ फाल्गुन २९, शनिबार ०८:०८ बजे

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले रेशम चौधरी लगायतका नेताहरूको रिहाइको शर्तमा केपी ओली सरकारलाई समर्थन गर्न नसकिने बताएका छन्।

जसपाको महन्थ ठाकुर पक्ष जेलमा रहेका चौधरीसहितका नेताहरुको रिहाइको शर्तमा ओली सरकारलाई समर्थन गर्न सकिने गरी चरणवद्ध छलफलमा रहेको अवस्थामा नेता भट्टराईको यस्तो धारणा बाहिर आएको हो।

एमालेको झापा विद्रोहदेखि विप्लवको सशस्त्र गतिविधिसम्मका विषय राजनीतिक मुद्दाका रूपमा हल भइरहेको अवस्थामा रेशम चौधरीसहितका थारु विद्रोहका नेताहरु किन रिहाइ नहुने? भन्ने प्रश्न पनि भट्टराईले गरेका छन्।

‘रेशम चौधरी लगायतका थारू विद्रोहका नेताहरूको रिहाइको माग प्रतिगमनकारी ओली सरकारलाई समर्थन वा त्यसमा सहभागिताको शर्तमा हैन र हुनसक्दैन,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेको झापा विद्रोहदेखि विप्लबको सशस्त्र गतिविधिसम्म राजनीतिक मुद्दाका रूपमा हल हुनसक्छन् भने थारूको मात्र किन नहुने? भन्ने हो! कुनै भ्रम नरहोस्!’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily