काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जसपा अरुको पछि लागेर सरकारमा नजाने बताएका छन्।
पार्टीले सत्ता समीकरणका लागि अन्य दलसँगको भेटलाई तीव्र बनाइरहेको अवस्थामा आएको उनको यो भनाइलाई महत्त्वपूर्ण रुपमा हेरिएको छ।
राति अबेर समाजिक सञ्जलमार्फत उनले जसपा कसैको पुच्छर नबन्ने बताएका हुन्। सत्तामा जान एमाले, माओवादी र कांग्रेसले जसपाको साथ खोजिरहेको अवस्थामा नेता भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बरु आफैं देशको नेतृत्व गर्ने बताएका हुन्।
उनले जान्नै पर्ने कुरा भन्दै जसपाका तीन विशेषता औँल्याएका छन्।
ट्वीटरमा उनले लेखेका छन्, ‘जसपाबारे जान्नैपर्ने कुरा : १. यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्याखेदाउ थाप्ने खेलाडी हैन, बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो! २. गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र विरुद्ध कसैसँग सम्झौता गर्दैन। ३. यो कसैको पुच्छर हैन, आफैं देशको नेतृत्व गर्ने शक्ति हो।’
जसपाबारे जान्नैपर्ने कुरा:१.यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन;बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो!२.गणतन्त्र,.संघीयता,धर्मनिरपेक्षता र समावेसी लोकतन्त्र विरूद्ध कसैसंग सम्झौता गर्दैन;३.यो कसैको पुच्छर हैन,आफै देशको नेतृत्व गर्ने शक्ति हो।
— Baburam Bhattarai (@brb1954) March 13, 2021
प्रतिक्रिया