+
Search

ताजा अपडेट +

पपुलर +

धुर्मुस–सुन्तलीको ‘ओई मेरो परान’ सार्वजनिक

4KNationalDaily
२०७७ चैत्र ७, शनिबार २०:१४ बजे

काठमाडाैं- हाँस्य कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ नामक वेव फिल्ममा समावेश ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक गरिएको छ ।

लोकराज अधिकारीको शब्द, राजेन्द्र बजगाँइको संगीत, रचना रिमाल र भक्त प्रधानको स्वर रहेको यो गीत काठमाडाैंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

यो वेव फिल्म एक महिना भित्र विभिन्न ओटीटी प्लेटफर्मबाट रिलिज हुने पत्रकार सम्मेलनमा निर्मात्री तथा कलाकार कुञ्जना घिमिरेले जानकारी दिइन् ।

धुर्मुस–सुन्तलीको निर्देशनमा बनेको वेव फिल्म २ घन्टा भन्दा लामो छ । टेकेन्द्र शाहको सम्पादन रहेको यो चलचित्रमा स्वेत्ना योञ्जनको कोरियोग्राफी छ ।

सार्वजनिक गीतको भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे र सुशिला थापाको अभिनय छ । चलचित्रमा रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतका कलाकराको पनि अभिनय छ ।

सुरुवातमा वेव सिरिजको रुपमा ‘म त मर्छु कि क्या हो’को निर्माण गरेपनि पछि मेकिङ उत्कृष्ट भएपछि वेव फिल्म बनाएको कुञ्जनाले बताइन् ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily