+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले भन्यो : कोरोना फेरि बढ्न थाल्यो, सभा–जुलुस नगर्नू

4KNationalDaily
२०७७ चैत्र ८, आईतवार २०:४७ बजे

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को जोखिम कायमै रहेको भन्दै स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति निकालेर देशभर सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, बैठकजस्ता भीडभाड नगर्न अनुरोध गरेको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमको हस्ताक्षरमा जारी विज्ञप्तिमा विगत केही हप्तादेखि विश्वभर र खासगरी छिमेकी देशहरूमा कोरोना भाइरस संक्रमण बढ्दो क्रममा देखिएको भन्दै सचेत रहन भनिएको छ ।

‘भीडभाड हुने व्यवसाय र कार्यहरू नगर्नु हुन र सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य र उचित प्रयोग तथा सावुनपानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोगलगायत मन्त्रालयबाट विगतमा जारी गरिएका अन्य जनस्वास्थ्यका मापदण्डहरू समेत पालना संक्रमण रोकथाममा सहयोग गर्न सरोकारवाला सबैमा हार्दक अनुरोध छ ‘, मन्त्रालयले भनेको छ ।

विज्ञप्ति

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily