+
Search

ताजा अपडेट +

पपुलर +

देउवाले झोक्किँदै भने- कांग्रेस विपक्षी पार्टी हो सुन्नुभएन ?

4KNationalDaily
२०७७ चैत्र १०, मंगलवार १५:५७ बजे

विराटनगर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस प्रतिपक्षमै बस्ने बताएका छन् ।

मंगलबार बिहान विराटनगर विमानस्थलमा संचारकर्मीसँग उनले सरकारको विकल्पबारे खुलेर जवाफ भने दिएनन् ।

‘कांग्रेसको नेतृत्वमा सरकार कहिले बन्छ त ?’ भन्ने पत्रकारले पटक पटक प्रश्‍न गरेपछि उनी रिसाएका थिए ।

बाहिरिने क्रममा देउवाले झोक्किएर भने ‘विपक्षी पार्टी भनेको सुन्नुभएन कांग्रेस विपक्षी पार्टी, विपक्षी पार्टी हो ।’ सोफाबाट उठेर उनले फेरि भने ‘हत्तेरिका ! विपक्षी पार्टी विपक्षमा हो, विपक्षी पार्टी विपक्षी पार्टी ! जानुहोस् ।’

अविश्वास प्रस्ताव कसले ल्याउनुपर्ने त भन्ने ? प्रश्नमा उनले भने, ‘कांग्रेस विपक्षी पार्टी भएकाले विपक्षमै बस्छ । अविश्वास प्रस्ताव ल्याउने काम मेरो होइन ।’

कांग्रेस नेता अशोक कोइरालाको निधनमा श्रद्धाञ्जली तथा परिवारलाई समवेदना दिन देउवा विराटनगर आएका हुन् । नेपाल दलित संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको प्रदेशस्तरीय भेलामा पनि उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily