+
Search

ताजा अपडेट +

पपुलर +

ओली प्रधानमन्त्री हुनु मुलुकको दुर्भाग्य : सुरेन्द्र पाण्डे

4KNationalDaily
२०७७ चैत्र १०, मंगलवार १६:३७ बजे

काठमाडाैं- नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डेले गणतन्त्रमा केपी शर्मा ओली प्रधानमन्त्री बन्नु दुर्भाग्य भएको टिप्पणी गरेका छन्।

मंगलबार माधवकुमार नेपाल पक्षीय अनेरास्ववियूको राष्ट्रिय भेलामा बोल्ने क्रममा नेता पाण्डेले ओलीले गणतन्त्रका लागि आन्दोलन नगरेको समेत बताए।

गणतन्त्र आउँछ भन्नु बयलगाढा चढेर अमेरिका जानु जस्तै हो भनी अभिव्यक्ति दिने व्यक्ति नै गणतन्त्र नेपालको प्रधानमन्त्री बनेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

‘आन्दोलनलाई दुत्कार्ने व्यक्ति नै प्रधानमन्त्री हुनु विडम्बना हो। विद्यार्थीले अध्ययन गर्न हुँदैन भनी अभिव्यक्ति दिने ओली देशको प्रधानमन्त्री हुनु दुर्भाग्य हो’, उनले भने, ‘हामीले बनाएको पार्टीलाई ओली क्षतविक्षत बनाउन लाग्नुभएको छ।’

नेपालपक्षीय अखिल नै मूलप्रवाह भएको उनले दाबी गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily