+
Search

ताजा अपडेट +

पपुलर +

जसपाको माग सत्ता स्वार्थका लागि होइन : बाबुराम भट्टराई

4KNationalDaily
२०७७ चैत्र १३, शुक्रबार १२:३५ बजे

काठमाडौं– राजबन्दीको रिहाइ तुरुन्त र निःशर्त हुनुपर्ने पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बताएका छन्।

जसपाको माग सत्ता स्वार्थमा मोलतोलका लागि प्रयोग हुन नहुने भन्दै भट्टराईले सामाजिक सञ्जालमार्फत रेशम चौधरी लगायत सबै राजनीतिक बन्दीको निःशर्त तुरुन्त रिहाइ गर्न माग गरेका हुन्।

उत्पीडितको पहिचान र अधिकार सहितको राज्य पुनःसंरचना हुने गरी संविधान संशोधन गरिनुपर्ने जसपाको सर्वसम्मत र निरन्तरको अडान रहेको पनि भट्टराईले बताएका छन्।

जसपाले निरन्तर रुपमा उठाउँदै आएका माग अहिलेको सत्ता स्वार्थमा मोलतोल हुनै नसक्ने भन्दै भट्टराईले आफ्ना माग तत्काल पूरा गर्न भनेका छन्। पार्टी आफ्नो मागमा स्पष्ट रहेको भन्दै उनले भ्रमको खेती नहोस् भन्दै चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily