काठमाडौं- वायु प्रदूषण बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ।
विमानस्थलबाट हुने उडान र अवतरण दुवै बन्द भएको विमानस्थल कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले बताए।
आइएफआर र भीएफआर उडान हुन नसकेको तिवारीले बताए। अहिले काठमाडाैंको आकाशमा तुँवालो लागेको छ। विमानस्थलमा धुँवा र प्रदूषणको गन्ध तीब्र आइरहेको विमानस्थल प्रमुख तिवारीले बताए।
भिजिविलिटीमा समस्या आएपछि उडान हुने तथा अवतरण हुने सम्पूर्ण सेवाहरु बन्द भएका हुन् ।
घरेलु उडानहरु दिउँसैदेखि प्रभावित बनेको र यस्तै अवस्था रहे काठमाडौँ तर्फ आउने अन्तर्राष्ट्रिय उडान समेत डाइभर्ट गर्नुपर्ने अवस्था रहेको विमानस्थलले जनाएको छ ।
प्रतिक्रिया