काठमाडौं- नेकपा (एमाले)का सांसद महेश बस्नेतले डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टी (जसपा)का सांसद रेशम चाैधरीलाई भेटेका छन्। चाैधरीलाई भेटेर उनले मुद्दा सहजीकरणका लागि सरकार सकारात्मक रहेको बताएका छन्।
एमाले केन्द्रीय सदस्य तथा सांसद बस्नेतले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीसँग डिल्लीबजार कारागारमै भेट गरेका हुन् । पछिल्लो समय एमाले र जसपाबीच सत्ता समीकरण सहमतिको अन्तिम चरणमा पुगेको भनिएको बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
जसपाका नेता बाबुराम भट्टराई र उपेन्द्र केपी ओलीलाई सत्ताबाट बर्खास्त गर्नुपर्छ भनेर लागिरहेका बेला महन्थ ठाकुर पक्ष ओली सरकारमा सामेल हुनेगरी सहमतिको अन्तिम चरणमा पुग्न लागेको स्रोतले जनाएको छ । यसैबीच बस्नेत र चौधरीको भेट भएको हो ।
प्रतिक्रिया