+
Search

ताजा अपडेट +

पपुलर +

उपत्यकामा सवारी चेकजाँचमा कडाई

4KNationalDaily
२०७७ चैत्र १५, आईतवार १६:२८ बजे

काठमाडौं– काठमाडौँ उपत्यकामा सवारी चेकजाँचमा कडाइ गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्याम अधिकारीका अनुसार होलीमा अवाञ्छित गतिविधि नहुन दिन र कोरोनाबाट सतर्कता अपनाउन चेकजाँचमा कडाइ गरेको हो ।

आज ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउनेलाई ट्राफिक प्रहरीले कारबाही गरिरहेको छ । महाशाखाका अनुसार ८५ देखी ९० ठाउँमा चेक प्वाइन्ट राखेर सवारी–साधन चेकजाँच भईरहेको छ ।

आइतबार मध्यान्हसम्ममा तीन सय भन्दा बढी मोटरसाईकल र स्कुटर होल्ड गरिएको ट्राफिक महाशाखाले जानकारी दिएको छ ।

बिहान ७ बजेबाट ट्राफिकले चेक प्वाइन्ट राखेको हो । १७ वटा चारपाङ्ग्रे सवारी होल्ड गरिएको छ । कागजपत्र नबोक्ने, दुईपाङ्ग्रे साधनमा ३ जना चढ्ने र लापरवाही गरेर चलाएका सवारीलाई होल्डमा राखिएको महाशाखाले जनाएको छ ।

मापसे गरेर सवारी चलाउने ५ जना चालकलाई ट्राफिकले कारवाही गरेको हो । महाशाका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने अन्य १ सय ५२ वटा सवारीमाथि सामान्य कारवाही गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily