+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा नेपाल-खनाल पक्षकाे समानान्तर कमिटी : अध्यक्षमा बस्नेत

4KNationalDaily
२०७७ चैत्र १७, मंगलवार ०७:४५ बजे

गोरखा- नेकपा एमालेका बरिष्ट माधव नेपाल र झलनाथ खनाल पक्षले साेमबार समानान्तर जिल्ला किमिटीको घोषणा गरेको छ ।

पार्टीका उपाध्यक्ष यादव बस्नेत अध्यक्षतामा सदरमुकाममा बसेको जिल्ला कमिटीको बैठकले ६४ सदस्सीय समानान्तर जिल्ला किमिटी घोषणा गरेको हाे ।

बैठकले पार्टीकोे जिल्ला कमिटीको अध्यक्षमा बस्नेतलाई चयन गर्दै १३ सदस्सीय जिल्ला पार्टी सचिवालय समेत गठन गरेको छ ।

जिल्ला पार्टी सचिवालयमा अध्यक्ष बस्नेत, बिश्वेश्वर कट्टेल, टेकराज भट्ट, सानुमाया बस्नेत, कृष्णमान श्रेष्ठ, रज्मदिन मिया, नारायणध्वज खड्का, द्रोण तिमिल्सिना, अमृत काराखेती, सिताराम बुढाथोकी, कल्पना कुवँर, प्रदिप क्षेत्री, भोला श्रेष्ठ र गिरीधारी सापकोटा रहेका छन् ।

बैठकले जिल्लास्तर र जिल्ला भित्रका सवै स्थानीय तहमा समानान्तर संगठन निर्माण गरि राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएको कट्टेल बताए ।

‘हरेक गाउँपालिकामा खटिने नेताहरुको कार्य बिभाजन पनि जिल्ला कमिटीको बैठकले गरेको छ, उनले भने, त्यसबाहेक पार्टीको कार्यालय व्यवस्थापन गर्ने जिम्मेवारी समेत सचिवालयलाई दिने निर्णय भएको छ ।’

त्यस्तै जिल्ला भित्रका स्थानीय तहहरुमा पार्टी कार्यालय व्यवस्थित गर्न आर्थिक योजना बनाउन र सम्पूर्ण कमिटी परिचालन गर्ने निर्णय बैठकले गरेको नेता कट्टेलले जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्नुहुदै पार्टीका केन्द्रीय सदस्य पिएल श्रेष्ठले पार्टी र जनता बिचको बिश्वास र सम्बन्ध जोगाइ राख्न समानान्तर कमिटी गठन गर्नु परेको बताए ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य हरिप्रसाद काफ्ले र जुद्धबिलास भण्डारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily