+
Search

ताजा अपडेट +

पपुलर +

रङ दल्ने बहानामा अभिनेत्री सोफियाको स्कर्टभित्र हात हालिएपछि…

4KNationalDaily
२०७७ चैत्र १८, बुधबार ०८:०९ बजे

काठमाडौं- हालै रङहरुको पर्व होली सम्पन्न भएको छ। कोरोना कहरबीच पनि हिन्दु धर्ममा आस्था राख्नेहरुले विश्वभर यो पर्वलाई रमाइलो ढंगबाट मनाए।

यसबीचमा बेलायती गायिका, मोडल तथा अभिनेत्री सोफिया हायातले होली पर्वमा महिलामाथि हुनसक्ने हिंसाको विषयमा आफ्नो अनुभव साटेकी छिन्।

सोफियाले भारतीय चलचित्रमा पनि काम गरेकी छिन्। उनी भारतीय चर्चित टिभी कार्यक्रम बिगबोसमा सन् २०१३ मा सहभागी भएकी थिइन्।

उनका अनुसार भारतमा हुँदा होली खेल्ने क्रममा रङ दल्ने बहानमा एक पुरुषले उनको स्कर्ट भित्र हात हालेका थिए।

बलिउडसँग सम्बन्धित वेबसाइट स्पटबोयसँग सोफियाले भनेकी छिन्,‘म होलीको पार्टीमा थिए। त्यहाँ धेरै सेलिब्रिटी उपस्थित थिए। कयौं मानिसले मसँग तस्बिर खिचाइरहेका थिए।

होली भएकाले मैले भांगसहितको पानीपुरी खाएको थिए। मेरो शरीर अनियन्त्रित भइरहेको थियो। एक व्यक्तिले रङ दल्ने बहानामा मेरो स्कर्ट भित्र हात हालेका थिए। त्यसपछि मैले प्रतिकार गरेर उनलाई थप्पड हाने।’

सोफियाका अनुसार उनलाई एक मिडियाकर्मीले सो स्थानबाट जोगाएका थिए।

‘त्यसपछि संचारमाध्यमसँग आवद्ध एक व्यक्ति मलाई जोगउन आएका थिए, उनी मेरा साथी हुन्। उनले मलाई गाडीसम्म लगेर छाडेका थिए। उनले पार्टीमा मानिसहरु पागल भएको र घर जानु नै उत्तम भएको बताएका थिए’ उनी भन्छिन्।

होलीमा आफूलाई भएजस्तै यौनहिंसा अरुलाई नहोस् भनेर आफूले आफ्नो अनुभव सुनाएको उनको भनाइ छ। होली खेल्दा महिलाहरु निकै सचेत हुनुपर्ने उनको सुझाव छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily