+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसको निर्णयसँगै राजनीतिले कोल्टो फेर्‍यो, अब छिट्टै नयाँ सरकार बन्छ : प्रचण्ड

4KNationalDaily
२०७७ चैत्र २१, शनिबार १६:०४ बजे

कपिलवस्तु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार गठनमा माओवादी केन्द्रले निर्णायक भूमिका खेल्ने बताएका छन्।

कपिलवस्तु जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी नयाँ सरकार गठन प्रक्रियामा निर्णयका भूमिका खेल्छौँ। प्रधानमन्त्री हुनु नै महत्वपूर्ण होइन। संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि राख्छौँ। आफू प्रधानमन्त्री नभएपछि त्यसभन्दा माथि रहन्छौं।’

नेपाली जनताको अधिकार र पहिचान ध्वस्त पार्ने विरुद्ध लाग्ने दाबी गरे। ओली संविधान र मधेशविरोधी भएको आरोप लगाए।

‘संविधान र मधेशको सबैभन्दा विरोधी ओली नै हुन्। ओलीले मधेशीको नाम सुन्न चाहँदैनन्’ उनले भने, ‘केही मधेशी नेताहरु मन्त्री पदको लागि ओलीसँग जान खोजिरहेका छन्। मैले महन्थ ठाकुरलाई गठबन्धनको सरकार बनाएर मधेशी जनताको अधिकारको लागि लड्ने सरकार निर्माण गरौँ भनेको छु। ओलीसँग नजानुहोस् मैले भनिरहेको छु।’

कार्यक्रममा प्रचण्डले मधेशविरोधी शक्तिसँग मिलेर जान नदिनको लागि दबाब दिनसमेत जनतालाई आग्रह गरे। भारतसँगको सीमानाको समस्या समाधानमा समेत पहल गर्ने बताए। नयाँ सरकार बन्नुअघि र बनेपछि पनि पहिचानको अधिकारको लडाइँमा लाग्ने दाबी गरे।

‘आफैँले पार्टी एकता र केपी ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको थिएँ। नेपालमा ओली राष्ट्रवादी भनेर दाबी गर्दै संविधान र जनविरोधी अधिकारमा लागिरहे’ उनले भने, ‘ओलीले संसद् विघटन गरेपछि नेपाली जनताको जनताको अधिकारको रक्षाका लागि दुई महिना नयाँ खालको जनयुद्ध गरियो। त्यसमा हामीले एउटा व्याटल जित्यौँ। तर, वार जित्न बाँकी छ।’

अब प्रतिगामी षड्यन्त्र परास्त गर्नका लागि जनताको बीचमा जाने पनि उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily