काठमाडौं- नायिका प्रियंका कार्कीले आफू गर्भवती भएको फोटो फेसबुकमा पोस्ट गरेकी छन्। उनले (शुक्रबार) साँझ पति आयुष्मान देशराज जोशीसँगको सादा फोटो सेयर गरेकी हुन्।
कार्कीले ‘अब तपाईंले सोध्न रोक्नुपर्छ, हो हामी गर्भवती छौ’ लेखेकी छन्। अंग्रेजीमा लेखेर गरिएको पोस्टमा धेरैले लाइक कमेन्ट गरेका छन्। अन्य बेलाको भन्दा यस पोस्ट कमेन्ट पनि बढी आएका छन्।
केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो।
उनका शुभचिन्तक तथा फ्यानहरूले उनी सामाजिक सञ्जालमा सक्रिय नदेखिएको र पोस्ट गरिएका फोटोमा मोटाएको देखिएको जस्ता कुरालाई आधार बनाएर प्रियंका गर्भवती भएको हो कि! भन्ने अड्कल काटेका थिए।
https://www.facebook.com/PriyankaKarkiofficial/posts/299169728240949
प्रतिक्रिया