+
Search

ताजा अपडेट +

पपुलर +

मनकामना केबुलकार ६ दिन बन्द हुने, चैत ३१ गतेबाट पुन : नियमित सञ्चालन हुने

4KNationalDaily
२०७७ चैत्र २४, मंगलवार ०८:५४ बजे

गोरखा- शहिद लखन गाउँपालिकामा अवस्थित मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । मर्मतसम्भार गर्नुपर्ने भएका कारण केवलबार सेवा बन्द गर्ने निर्णय भएको मनकामना दर्शन प्रालीले जनाएको छ ।

प्रालिका अनुसार चैत २५ देखि ३० गते सम्मलाई केवलकार सेवा बन्द हुनेछ ।

मनकामना केबुलकार स्तरोन्नतिको पहिलो चरणमा ‘बुल ह्विल बियरिङ’ नयाँ फेर्नुका साथै ‘बुल ह्विल’ र अन्य मर्मतसम्भार अस्ट्रेलियाको डोपलमायर कम्पनीबाट आएका प्राविधिकहरुले गर्ने भएकाले ६ दिन बन्द गर्नुपरेको प्रालीले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।

चैत ३१ बाट केबुलकार पुनः नियमित सञ्चालन हुनेछ । केबुलकार सेवा नभए पनि बटम स्टेसनमा रहेको रेस्टुरेन्ट यथावत सञ्चालन हुने प्रालिले जनाएको छ।

कम्पनीका कार्यकारी सञ्चालक राजेशबाबु श्रेष्ठका अनुसार तीन चरणमा हुने स्तरोन्नतिको पहिलो चरणमा तत्काल अतिआवश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जाहरू फेरिनेछन्। दोस्रो चरणमा केबुलकारलाई नयाँ प्रविधिमैत्री बनाउन पूर्र्वाधार तयार तथा केही थप पार्टपुर्जाहरू फेरिनेछन्।

त्यसैगरी तेस्रो चरणको स्तरोन्नतिमा हालको ‘एनालग सिस्टम’ लाई’ डिजिटल सिस्टम’ रूपान्तरण गर्ने, मुख्य केबुल लठ्ठा फेरबदल गर्ने, ‘कम्युनिकेट केबुल’ लाई ‘सेट्रा केबुल’ रूपान्तरण गर्ने, ‘डिसी ड्राइभ’ लाई‘‘एसी ड्राइभ’ मा रूपान्तरण गरी ताजा प्रविधियुक्त बनाउने कम्पनीले जनाएको छ।

‘तीन चरणमा गरिने स्तरोन्नतिका काम हुँदा सेवा अवरुद्ध पनि हुने गर्छ,’ कार्यकारी सञ्चालक श्रेष्ठले भने, ‘आगामी दुई वर्षभित्र स्तरोन्नतिका सबै काम पूरा गर्ने लक्ष्य छ।’

कम्पनीका अनुसार २०५५ मंसिर ८ बाट सुरु भएको मनकामना केबुलकार सञ्चालनमा मर्मतसम्भार खर्च बढ्न गएको, नयाँ प्रविधि विकास भई उक्त प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गर्दै जान लागिएको हो।

मनकामना दर्शन प्रालिले करिब साढे दुई दशकदेखि चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily