+
Search

ताजा अपडेट +

पपुलर +

देशव्यापी प्रदूषणले सास फेर्नै गाह्रो, काठमाडौं उपत्यकाले बनायो विश्वकै प्रदूषित सहरको रेकर्ड

4KNationalDaily
२०७७ चैत्र २४, मंगलवार ०९:०३ बजे

काठमाडौं- नेपालको राजधानी सहर काठमाडौंले सोमबार वायु प्रदूषणमा विश्वकै नम्बर एक सहरको रेकर्ड बनायो।

वायु प्रदूषणसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार सोमबार साँझ २५६ वायू प्रदूषण सूचकांक (एक्युआई) सहित विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा छ।

नेपालका ६० जिल्लामा लागेको डढेलो र अन्य कारणले राजधानी काठमाडौंमा मात्र होइन, कर्णालीको मुगुमा समेत प्रदूषण उच्च तहमा पुगेको यो खबर आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन्।

वातावरण विभागको तथ्यांकअनुसार रारा तालनजिकै राखिएको प्रदूषण मापन स्टेसनले गत २४ घण्टाको सरदर एक्युआई २१० पुगेको देखाएको छ। एक्युआई २०० देखि ३०० सम्म रहेको अवश्थालाई जनस्वास्थ्यमा पर्ने प्रभावका हिसाबले ‘अत्यन्त अस्वस्थकर’ मानिन्छ।

प्रदूषणको यो तह मानव स्वास्थ्यका लागि संवेदनशील प्रकृतिको हुने भएकाले सकेसम्म घरभित्रै रहन उपयुक्त ठानिन्छ। रारामात्र होइन, प्रदूषणको हिसाबले धनगढी, भरतपुर, सिमरा तथा सौराहा सबैभन्दा अघि रहे। ती स्थानमा सोमबार एक्युआई ३ सय नाघेको छ।

३०० देखि ४०० सम्मको एक्युआई जनस्वास्थ्यको हिसाबले घातक मानिन्छ। गत वर्ष जारी गरिएको काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजनामा एक्युआईले ३ सय अंक नाघेमा प्रदूषणका हिसाबले विपद्को स्थिति भनिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily