+
Search

ताजा अपडेट +

पपुलर +

डढेलो नियन्त्रण गर्न ‘फायर फाइटर’ विमान खरिद गर्ने सरकारको तयारी

4KNationalDaily
२०७७ चैत्र २४, मंगलवार १६:४५ बजे

काठमाडौं– सरकारले डढेलो नियन्त्रणको दीर्घकालिन समाधानका लागि अग्नि नियन्त्रक विमान (फायर फाइटर हेलिकोप्टर) किन्ने भएको छ ।

हरेक वर्ष मुलुकभरका जंगलमा फैलिएको डढेलो नियन्त्रणबाहिर जान थालेपछि सरकारले फायर फाइटर विमान किन्न लागेको हो ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकमा यसबारे छलफल भई प्रक्रिया अघि बढेको वनमन्त्री प्रेम आलेले जानकारी दिए ।

विमान कुन देशबाट किन्ने लगायत यसका खरिद प्रक्रियाबारे नियमसंगत ढंगले अघि बढ्ने उनले बताए ।

फायर फाइटर विमान चैत, वैशाख, जेठ र असार ४ महिना अग्नि नियन्त्रणका लागि प्रयोग गर्ने र बाँकी समय अन्य व्यावसायिक प्रयोजनमा लगाउन सकिनेबारे समेत छलफल भएको छ । सो विमान नेपाली सेनामार्फत अग्नि नियन्त्रणमा प्रयोग गरिने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily