+
Search

ताजा अपडेट +

पपुलर +

सरकारको असफलताका कारण बाह्य शक्ति सक्रिय : चित्रबहादुर केसी

4KNationalDaily
२०७७ चैत्र २४, मंगलवार १७:०३ बजे

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको असफलताका कारण नेपालमा बाह्य शक्ति सक्रिय भएको बताएका छन्।

राष्ट्रिय जनमोर्चाको चौथौ राष्ट्रिय सम्मेलनको बुटवलमा उद्घाटन गर्दै अध्यक्ष केसीले नेपालको सार्वभौमिकता र अखण्डताविरुद्ध पहिल्यैदेखि नै विभिन्न शक्ति राष्ट्रहरुले चलखेल गरिरहेको उल्लेख गर्दै पछिल्लो समय उनीहरुले सक्रियता बढाएको जिकीर गरे।

केसीले भारतले नेपालमा अस्थिरता चाहेको र नेपालको अखण्डता र सार्वभौकितामाथि नै कब्जा जमाउन गतिविधि सञ्चालन गरिरहेको दावी पनि गरे।

यस्तै, उनले नेपालमा जवर्जस्ती एमसीसी ल्याएर अमेरिकाले नेपालको परराष्ट्र नीति भत्काएर नेपाललाई चीन बिरोधी अखडा बनाउन खोजेको बताए। नेपालमा हिन्दु राष्ट्र कायम गर्न खोज्ने भारत र एमसीसी ल्याएर अमेरिकी सेना भित्राउन खोज्ने अमेरिका दुवै राष्ट्रले नेपालको सार्वभौमिकतालाई कमजोर पार्न खोजेको बताए।

उनले संघीयताको बिरोध गर्दा नेपालमा राष्ट्रिय जनमोर्चालाई राजनीतिक रुपमा एक्ल्याइएको स्मरण गर्दै अहिले संघीयताको बिरोध गर्नेको संख्या बहुसंख्यक भैसकेको दाबी पनि गरे। नेपालमा संघीयता असफल भैसकेको उनको भनाई थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily