+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीलाई गगन थापाको चुनौती: तीन वर्षमा केके भए संसदमा बहस गरौं

4KNationalDaily
२०७७ चैत्र २६, बिहीबार १४:३१ बजे

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसदमा बहसमा आउन चुनौती दिएका छन् ।

संसदको बिहीबारको बैठकमा उनले सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको बताए । उनले अघि भने, ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु ।’

‘अहिले आयोजना उद्घाटन गरेर प्रधानमन्त्रीज्यूले तमासा देखाइरहनुभएको छ । यसको लागत बढाएर जनतालाई भार थपेकोमा सबैले माफी माग्नुपर्छ । काठमाडौंका जनतालाई पानी खुवाउन ढिलाइ गरेकोमा सबै दलले माफी माग्नुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले हचुवाका भरमा आयोजनाको शिलान्यास गरेको उनको टिप्पणी छ । आयोजना निर्माणको विषयमा अनुसन्धान नगरी लोकप्रियताको निम्ति काम गर्ने हो भने बालुवाटारमा शिलान्यास र उद्घाटन गरेर बस्न उनले चुनौती दिए ।

‘तपाईंलाई उद्घाटन र शिलान्यास गर्न मन छ भने बालुवाटारमा धेरै जग्गा खाली छन् । त्यहाँ घरको शिलान्यास गर्नुस् । घर बनेपछि प्रत्येक कोठाको उद्घाटन गर्नुस्,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily