+
Search

ताजा अपडेट +

पपुलर +

‘आइ हेट पोलिटिक्स’ भन्‍नेहरु ‘लभ यु केपी बा’ भन्‍न थालेका छन् : महेश बस्‍नेत

4KNationalDaily
२०७७ चैत्र २६, बिहीबार १५:३३ बजे

काठमाडौं- नेकपा एमाले नेता महेश बस्‍नेतले राजनीतिबाट वितृष्णा जागेकाहरु प्रधानमन्त्री केपी शर्मा ओलीका कारण फर्किएको दाबी गरेका छन्। संसद्‍मा प्रधानमन्त्री ओलीमाथि उठेको प्रश्नको बचाऊ गर्दै उनले यस्तो दाबी गरेका हुन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोलेका उनले भने, ‘प्रधानमन्त्री ओलीले देशका लागि गरेका कामका कारण ‘आइ हेट पोलिटिक्स’ भन्‍नेहरु ‘लभ यु केपी बा’ भन्‍न थालेका छन्।’

उनले ओलीका पालामा विकास तीव्ररुपमा अघि बढिरहेको जिकिर गर्दै उनको विरोध औचित्यहीन भएको दाबी गरे। प्रधानमन्त्री ओलीविरुद्ध बोल्ने नेताहरुतर्फ लक्षित गर्दै उनले ‘असफल नेताका चेला’को संज्ञा दिए।

प्रधानमन्त्री ओलीमाथि प्रश्न गर्ने शैलीलाई उनले ‘बालहठ’का रुपपा टिप्पणी गरे। नेपाली कांग्रेस नेता गगन थापातर्फ संकेत गर्दै सांसद बस्‍नेतले प्रधानमन्त्री ओलीसँग बोल्न त्यहीअनुसारको मत ल्याएर आउन चुनौती दिए। उनले भने, ‘बोकाले दाइँ गर्न सकिँदैन, गोरु नै खोजौं।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily