+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकार महासंघ निर्वाचन : काठमाडौं शाखाको अध्यक्षमा सूर्य सुवेदी

4KNationalDaily
२०७७ चैत्र २७, शुक्रबार ०७:३० बजे

काठमाडौं- नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा सूर्य सुवेदी निर्वाचित भएका छन्। सुवेदीले मोहन पन्तलाई पराजित गरी अध्यक्ष बनेका हुन्।

सुवेदीले ७१३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी पन्तले ३३७ र अध्यक्षकै अर्की प्रतिस्पर्धी सीता पोखरेलले ७९ मत प्राप्त गरेका छन्।

काठमाडौं शाखाको खुला उपाध्यक्षमा रामचन्द्र दुलाल विजयी भएका छन् भने महिला उपाध्यक्षमा अप्सरा गौतम विजयी भएकी छन् ।

त्यसैगरी, सचिवमा महेश्वर गौतम विजयी भए भने सहसचिव खुलामा अर्जुन डोटेल तथा कोषाध्यक्षमा अजित अधिकारीले जित हात पारेका छन्।

त्यस्तै, काठमाडौं शाखाको सदस्यमा कमलराज राई, कृष्णप्रसाद गौतम, कृष्णप्रसाद ढुंगेल, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहोरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डंगोल रहेका छन् ।

मधेसी सदस्यमा मिनाकुमारी यादव, दलिततर्फ सदस्यमा शोभा नेपाली, अन्य समावेशी सदस्यमा दीपक काफ्ले, महिला सदस्यमा शोभा अर्याल तथा आदिवासी जनजाति सदस्यमा सुवासकुमार सुनार विजयी भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily