+
Search

ताजा अपडेट +

पपुलर +

सत्ता समीकरणमा बल्ल देउवाको अग्रसरता, बोलाए तीन दलको बैठक

4KNationalDaily
२०७७ चैत्र २७, शुक्रबार ०७:३१ बजे

काठमाडौं– सत्तासमीकरण तथा नयाँ राजनीतिक परिदृश्यबारे छलफल गर्न नेपाली कांग्रेस, माओवादी केन्द्र तथा जनता समाजवादी पार्टी (जसपा)को संयुक्त बैठक बस्दै छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सत्ता समीकरणबारे छलफल गर्न ती दलका शीर्ष नेताको बैठक बोलाएका हुन्।

आज दिउँसो ३ बजे बूढानीलकण्ठस्थित देउवा निवासमा बस्ने बैठकमा सत्तासमीकरणबारे छलफल हुने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

यसअघि कांग्रेसका केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहलकदमी लिने निर्णय गरेको थियो।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न गाम्भीर नभएको र राजनीतिक अवस्थालाई बन्दी बनाएको भनेर देउवाको आलोचना हुँदै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily