+
Search

ताजा अपडेट +

पपुलर +

मुख्यमन्त्रीलाई सांसद लामाकाे प्रश्न- नौ महिनामा नसकेको काम तीन महिनामा सक्ने जादुको छडी के छ ?

4KNationalDaily
२०७७ चैत्र २७, शुक्रबार १०:०१ बजे

पाेखरा- गण्डकी प्रदेश सभा सदस्य धनमाया पोखरेल लामाले सरकारले विकासको काममा ढिलासुस्ती गरेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।
विहिबार प्रदेश सभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा बाेल्दै सांसद लामाले गण्डकी प्रदेश सरकारको बजेट कार्वान्वयनको अबस्था कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।

‘गण्डकी प्रदेशको तथ्याङ्कलाई हेर्ने हो भने हालसम्म बजेट बिनियोजन भएको ९ महिना बितिसक्दा समेत जम्मा २७ प्रतिशत मात्रै कार्यप्रगती देखिन्छ । प्रदेश सरकारको बजेट कार्वान्वयनको लक्ष्य चाँही ९० दशमलव ६ प्रतिशत छ । नौ महिनामा गर्न नसकेको कार्यप्रगती हामीले तीन महिनामा ६२ प्रतिशत गर्न सक्छौँ भनेर हिजो मुख्यमन्त्रीज्यूले बोल्नु भयो । नौ महिनामा गर्न नसकेको कार्यप्रगती तीन महिनामा गर्न सक्ने त्यस्तो जादुको छडी के छ ?’, लामाले प्रश्न गर्दै भनिन् ।

गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको कतिपय वहुबर्षिय योजनाहरुको डिपिआर अहिलेसम्म तयार भईनसकेको, कति योजना ठेकेदारले आफ्नो अनुकुलताका आधारमा काम गरिरहेको र कतिपय अलपत्र रहँदासम्म त्यस्ता योजनाहरुलाई कार्वान्वयनमा ल्याउन प्रदेश सरकारले खासै चासो नदेखाएको उनले आरोप लगाईन् ।

उनले भनिन्, ‘प्रदेश सरकारले सुरु गरेको कतिपय कार्यक्रमहरु बिचमा नै लथालिङ्ग हुुने अबस्था छ त्यस्ता ठाउँमा गण्डकी प्रदेश सरकारको ध्यान जाओस् । काम बिचमा नै अलपत्र छाडेर हिँड्ने ठेकेदारहरुलाई राजनितीक पार्टीको आडमा संरक्षण दिईएको छ, यसलाई तुरुन्त कारवाही गर्नका निमित्त म प्रदेश सरकारलाई हार्दिक अनुरोध गर्न चाहान्छु ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily