+
Search

ताजा अपडेट +

पपुलर +

यसरी बढ्दैछ नेपालका बालबालिकामा कोरोना संक्रमण, हेर्नुस् तथ्यांक

4KNationalDaily
२०७७ चैत्र २९, आईतवार ०९:०४ बजे

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ स्वरूप (युके भेरियेन्ट)को संक्रमण बालबालिकामा उच्च देखिएको छ।

एक वर्षमा ६ प्रतिशत बालबालिका संक्रमित भएकोमा पछिल्लो एक हप्तामा दैनिक १५ प्रतिशतसम्म संक्रमण दर पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

शनिबार अर्थात् २८ चैतमा तीन सय ३७ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा ५२ जना १८ वर्षमुनिका छन् । यो कुल संक्रमणको १५ दशमलव चार प्रतिशत हो ।

२७ चैतमा दुई सय ८८ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसमध्ये ३४ जना १८ वर्षभन्दा मुनिका बालबालिका छन् । यो कुल संक्रमणको ११ दशमलव ८ प्रतिशत हो।

२६ चैतमा ३ सय ३२ जनामा कोरोना पजिटिभ हुँदा १५ दशमलव ३६ प्रतिशत अर्थात् ५१ जना बालबालिका छन् । यसबाहेक २५ चैतमा दुई सय ९८ जना संक्रमित भेटिएका थिए । त्यस दिन आठ दशमलव ३९ प्रतिशत अर्थात् २५ जना बालबालिका छन्।

त्यसको अघिल्लो दिन २४ चैतमा दुई सय ६० जनामा कोरोना पुष्टि हुँदा २६ जना बालबालिका थिए । यो कुल संक्रमणको १० प्रतिशत हो । त्यसअगाडि २३ चैतमा दुई सय ६६ जनामा कोरोना पजिटिभ देखिँदा ६ दशमलव ०१ प्रतिशत अर्थात् १६ जना बालबालिका थिए।

यसबाहेक २२ चैतमा एक सय ७६ जना कोरोना संक्रमित भएकोमा सात दशमलव ९५ अर्थात् १४ जना बालबालिका छन् । यता २१ चैतमा एक सय २८ जनामा कोरोना पुष्टि हुँदा आठ दशमलव ८९ प्रतिशत अर्थात् ११ जना बालबालिका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily