+
Search

ताजा अपडेट +

पपुलर +

संसदीय प्रणाली खारेज गरी जनमत संग्रहमा जानुपर्छ : धर्मेन्द्र बास्तोला

4KNationalDaily
२०७७ चैत्र ३०, सोमबार ०६:५९ बजे

गोरखा- विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धमेन्द्र बास्तोलाले जनमत संग्रहबाट देशको राजनीतिक समस्याको निकास खोज्नुपर्ने बताएका छन् ।

जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफुहरु एकिकृत जनक्रान्ति कार्यदिशा छोडेर संसदिय प्रणालीमा आएको नभई सवै मिलेर संसदिय प्रणालीको अन्य गरि बैज्ञानिक समाजबादमा जानुपर्छ भनेर शान्तिपूर्ण प्रक्रियामा आएको बताए ।

‘देश जनमत संग्रहमा गईहाल्यो त भनेर भन्दैनौ’, उनले भने ‘तर जनमत संग्रहमा जानुपर्छ, तपाई सवै मिलेर त्यता देशलाई तर्फ लैजानुपर्छ ।’ संसदबादी पार्टीहरुको सर्घषले फेरि पनि देश संसद बिघटनको अबस्थामा पुगेको उनले बताए ।

‘संसद बिघटन एकपटक भईसकेको छ, फेरिपनि बिघटन हुनु अनिबार्य जस्तो देखिन्छ’, उनले भने, ‘संसदबाट कुनै प्रकारको नयाँ निकास निस्कने सम्भावना छैन ।’

सरकार शान्तिपूर्ण तरिकाबाट देशमा भइरहेको राजनीतिक समस्याको समाधान गर्ने पक्षमा सहमत भएको भन्दै अब शान्तिपूर्ण ढंगबाट नै नेपाली जनताले कस्तो प्रकारको राजनीतिक प्रणाली अपनाउने भन्ने फैसला जनताले नै गरोस् भन्ने आफ्नो पार्टीले चाहेको बताए । उनले ३ बुदेँ सहमति अनुसार पार्टी माथिको प्रतिबन्द हटेको र अहिले बन्दी रिहाईको प्रक्रिया समेत सुरु भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily