+
Search

ताजा अपडेट +

पपुलर +

६ दिन बन्द भएकाे मनकामना केबुलकार आज देखि पुनः सञ्चालनमा आउने

4KNationalDaily
२०७७ चैत्र ३०, सोमबार ०८:२९ बजे

काठमाडौं- मनकामना केबुलकार मर्मत सम्भार पश्चात् आज देखि पुनः सञ्चालनमा आउने भएको छ ।

मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरण मध्येको कार्य अनुमानित समय भन्दा १ दिन अगावै सम्पन्न भएकोले चैत्र ३१ गते सञ्चालन गर्ने भनिएको केबुलकार चैत्र ३० गते सोमबार बाटै सञ्चालनमा आउने जनाएको हो ।

चैत्र २३ गतेदेखि मर्मतका लागि बन्द केबुलकारको विदेशी प्राविधिकहरूले काम गर्दै आएका थिए ।

६ दिन बन्द गरिएको केबुलकार ५ दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily