+
Search

ताजा अपडेट +

पपुलर +

सरकारको विकल्प खाेज्न बुढानिलकण्ठमा देउवा, भट्टराई र यादवबीच छलफल

4KNationalDaily
२०७७ चैत्र ३१, मंगलवार १८:०० बजे

काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

सभापति देउवालाई भेट्न अध्यक्षद्वय यादव र भट्टराई मंगलबार अपरान्ह सवा ४ बजे बुढानिलकण्ठ पुगेको जसपाका एक नेताले बताए।

केही दिनअघि बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ओली सरकारको विकल्पमा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो।

त्यसपछि शुक्रबार सभापति देउवाले नयाँ सरकार गठनका विषयमा छलफल गर्न माओवादी केन्द्र र जसपाका नेताहरुलाई बुढानिलकण्ठ बोलाएका थिए। छलफलमा माओवादी सकारात्मक रहे पनि जसपाले केही दिन समय मागेको थियो।

नयाँ सरकार गठनका विषयमा जसपामा दुई धार देखिएको छ। अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो केपी ओली नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने यादव र भट्टराई ओली इतरको गठबन्धन बनाउनु पर्ने पक्षमा छन्।

यही कारण जसपाले सत्ता गठबन्धनबारे औपचारिक निर्णय गरेको छैन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily