+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीको मुख्यमन्त्रीमा दीपक मनाङेको दाबी, भन्छन्- म आफैं योग्य दाबेदार हुँ

4KNationalDaily
२०७७ चैत्र ३१, मंगलवार १८:५४ बजे

काठमाडाैं- गण्डकी प्रदेशमा सत्ता परिवर्तनको खेल चलिरहँदा मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे मुख्यमन्त्रीको दाबी गरेका छन्।

अन्य राजनीतिक दलबाट सरकार सञ्‍चालन राम्रो नभएको भन्दै उनले आफूलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका हुन्।

सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विकल्पमा मोर्चा बनाउन सहयोगको प्रस्ताव गरेका थिए।

सरकार परिवर्तनको प्रस्ताव सकारात्मक रहेको बताउँदै मनाङेले आफूलाई नेतृत्व दिन प्रस्ताव गरे।

‘अब अरु पार्टीबाट प्रदेश सरकार चल्ने देखिएन,’ उनले भने, ‘म आफैं योग्य दाबेदार हुँ, मसँग प्रदेशलाई विकास गर्ने १० योजना छन्।’ कांग्रेससहितका दलहरुको छलफलमा आफैं मुख्यमन्त्री मागेको उनले स्वीकार गरे। सरकारमा गएका दलहरुबाट काम नहुने पुष्टि भइसकेकाले यस्तो प्रस्ताव गरेको हुँ ।’

सरकार कसरी चलाउने योजना छ त भन्‍ने प्रश्नमा मनाङ्‍गेले आफूसँग प्रदेशको विकासका लागि निश्चित १० योजना रहेको बताए। उनले पहिलो काम भ्रष्टाचार नियन्त्रण गर्ने रहेको उल्लेख गर्दै त्यसका लागि घुस नखाइ इमान्दार भएर काम गर्ने बताए।

‘जति सरकारी कर्मचारी छन्। ती सबैका लागि योजना बनाएको छु,’ उनले भने, ‘स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन गर्ने कार्यका लागि पनि योजना छन्।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily