+
Search

ताजा अपडेट +

पपुलर +

पोखरा घोषणापत्र जारी गर्दै सकियो मेयर सम्मेलन, विकासमा सहकार्य गर्ने निर्णय

4KNationalDaily
२०७८ बैशाख २, बिहीबार ०७:३२ बजे

कास्की– पोखरामा जारी ‘प्रथम राष्ट्रिय मेयर’ सम्मेलन १६ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न भउको छ।

पोखरा महानगरपालिकाको आयोजनामा चैत ३१ र वैशाख १ गते सञ्चालन भएको सम्मेलनले स्थानीय तहकासमस्था तथा आगामी रणनीतिसम्बन्धी घोषणा पत्र जारी गरेको हो।

स्थानीय तहको निर्वाचनपछिको अवधिका सिकाइ, समस्या र आगामी योजनाबारे छलफल गरी आगामी दिनमा के कस्ता रणनीति अपनाउने भन्ने विषयमा घोषणापत्र जारी गरिएको पोखरा महानगर प्रमुख मानबहादुर जिसीले बताए।

सम्मेलनबाट जारी घोषणापत्रलाई देशका ७५३ वटै पालिकामा इमेलमार्फत पठाएर सुझाव सङ्कलन गरी यही वैशाख १० गते अन्तिम रूप दिइने उनको भनाइ छ।

‘समृद्ध नेपाल र सुखी नेपाली’को आधारशीला तयार गर्ने आधिकारिक निकाय स्थानीय तह भएकाले पालिकाको आपसी सहकार्य, समन्वयात्मक अन्तर आबद्धतालाई नियमित गर्दै सहकार्य गर्न अवसर सिर्जना गर्दै अगाडि बढ्ने प्रतिबद्धता सम्मेलनबाट लिइएको छ।

सम्मेलनले स्थानीय विकासका मुद्दाहरुलाई प्राथामिकीकरण गरी नागरिकको गुणस्तरीय, आत्म सम्मानित र पहिचानसहितको जीवन सुनिश्चित गर्न नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न जोड दिएको छ।

जारी घोषणपत्रमा पालिकाहरुको शासकीय क्षमता अभिवृद्धि गर्न निरन्तर सहकार्य गर्ने संयन्त्रको विकास गर्ने, संविधानप्रदत्त अधिकार क्षेत्रहरुमा हुने सबै प्रकारका हस्तक्षेपलाई अस्वीकार गर्ने उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily