+
Search

ताजा अपडेट +

पपुलर +

समुदायमा फैलिँदै यूके भेरियन्ट, संक्रमण दर ९० प्रतिशतसम्म

4KNationalDaily
२०७८ बैशाख २, बिहीबार ०७:५८ बजे

काठमाडौं- नेपालमा बेलायतमा देखिएको कोरोनाको ‘नयाँ भेरियन्ट’ फैलँदो क्रममा रहेको पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायती प्रजातिको भेरियन्ट फैलिँदो क्रममा रहेको भन्दै बालबालिका उच्च जोखिममा रहेको जनाएको छ।

बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएको पाइएको छ।

केही दिनयताको तथ्यांकअनुसार दैनिक संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका छन् । यसमा पनि बेलायती भेरियन्ट देखिएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा.आरपी विच्छाले बालबालिकामा संक्रमणदर बढेको प्रस्ट पारे । सो अस्पतालमा तीन संक्रमित बालबालिका भर्ना भएका छन्।

कोरोना जोखिम बढे पनि भौतिक उपस्थितिमै पठनपाठन हुँदा कतिपय विद्यालयले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको देखिएको छ । संक्रमित बालबालिकामध्ये अधिकांशमा बेलायती भेरियन्ट देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंंगलबार प्राप्त रिपोर्टमा कुल केसमध्ये ४८ जना १९ वर्षमुनिका बालबालिकामा छन्। बुधबार कुल केसमध्ये ५२ जना १७ वर्षमुनिका बालबालिकामा संक्रमित पाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily