काठमाडाैं– क्याटलान क्लब बार्सिलोनाले सिजनकाे पहिलाे उपाधि उचालेकाे छ। बार्सिलोनाले २०१८ पछि पहिलोपटक कोपा डेल रेको उपाधि उचालेकाे हाे।
यसअघि बार्सिलाेनाले ३०औं पटक उपाधि हात पारिसकेकाे छ। कोपा डेल रे अन्तर्गत शनिबार भएकाे फाइनल खेलमा ला लिगा प्रतिद्वन्द्वी एथलेटिको बिल्वाओमाथि ४-० को जित निकाल्दै बार्सिलाेनाले ३१औं पटक उपाधि उचालेकाे हाे।
सेभियामा भएको खलेमा बार्सिलोनाले दोस्रो हाफकाे १२ मिनेटमा चार गोल गरेको थियाे। बार्सिलाेनाकाे जितमा कप्तान लियोनल मेसीले दुई तथा एन्टोइन ग्रिजमन र फ्रान्की डियो योङले १/१ गोल गरे।
बिल्वाओले पहिलो हाफमा बार्सिलोनालाई बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन। ६०औं मिनेटमा योङको पासमा गोल गर्दै ग्रिजमनले बार्सिलोनालाई १-० को अग्रता दिलाए।
६३औं मिनेटमा योङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। ६८औं मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई ३-० काे अग्रता दिलाए। ७२औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को सहज जित दिलाए। ८६औं मिनेटमा ग्रिजमनले गोल गरेपनि भिएआरले अफसाइडकाे मान्यता दियाे।
प्रतिक्रिया