+
Search

ताजा अपडेट +

पपुलर +

अविश्वास प्रस्ताव आएलगत्तै मुख्यमन्त्री पोखरेलले जसपाका चार सांसदलाई बनाए मन्त्री

4KNationalDaily
२०७८ बैशाख ६, सोमबार १८:१६ बजे

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीका चार सांसदलाई मन्त्री बनाएका छन्। उनीहरूले सोमबार नै पद तथा गोपनीयताकाे शपथ लिएका छन्।

जसपाका ६ सांसदमध्ये ४ जनालाई मन्त्री बनाइएको हो। जसमा तत्कालीन समाजवादी पार्टीका सांसद विजय यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र तत्कालीन राजपाबाट कल्पना पाण्डे मन्त्री भएका छन्।

उनीहरूले प्रदेश प्रमुख धर्मनाथ साहले शपथ दिलाए। सन्तोष पाण्डेलाई भौतिक भाैतिक पूर्वाधार र कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यसैगरी, विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय को जिम्मेवारी दिइएको छ भने सुमन शर्मा रायमाझीलाई भौतिक राज्यमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily