+
Search

ताजा अपडेट +

पपुलर +

भारतमा लकडाउन सुरु भएपछि माल्दिभ्सको तटमा दिशा पटानी

4KNationalDaily
२०७८ बैशाख ६, सोमबार १८:३१ बजे

एजेन्सी– बलिउड कलाकारका लागि माल्दिभ्स सबैभन्दा उत्तम गन्तव्य बनेको छ । माल्दिभ्समा पुगेर विन्दास तरिकाले रमाउने कलाकारका तस्बिर समाजिक संजालमा चर्चामा रहेको पाइन्छ ।

भारतमा कोरोना संक्रमितको संख्या दैनिक २ लाख माथि पुगेपछि विभिन्न राज्यमा लकडाउन सुरु भएको छ ।

महाराष्ट्र सरकारले अप्रिल ३० तारिखसम्म कर्फ्यूको घोषणा गरेपछि चलचित्रका छायांकन पनि प्रभावित बनेका छन् । योसँगै बलिउडका कलाकारहरु होलिडे मनाउन देश बाहिर जान थालेका छन् ।

नायक टाइगर श्राफ र नायिका दिशा पटानी पनि माल्दिभ्स पुगेका छन् ।

माल्दिभ्स पुगेसँगै दिशाले सामाजिक संजालमा आफ्नो हट तस्वीर पनि सार्वजनिक गरेकी छिन् ।

यस्तै, नायिका आलिया भट्ट र नायक रणवीर कपुर पनि होलिडे मनाउन माल्दिभ्स पुगेका छन् । भारतमा कोरोना संक्रमण बढेसँगै बलिउड चलचित्र नगरी फेरि प्रभावित बनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily